काठमाडौं। अहिले कोरोना भाइरसको त्रासले विश्व समुदाय निदाउन सकिरहेको छैन। चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले १ सय ५३ देशमा पुगिसकेको छ।

अहिलेसम्म विश्वमा १ लाख ५७ हजार २ सय ४ जना संक्रमित भइसकेका छन्। जसमध्ये ५ हजार ८ सय ४२ जनाको मृत्यु भएको छ। भने ७५ हजार ९ सय ४० जना उपचारपछि घर फर्किएका छन्। कोरोनाको संक्रमण दिनानुदिन बढ्न थालेपछि विभिन्न देशले आफ्ना नागरिकहरुलाई विदेश यात्रामा प्रतिबन्ध लगाएका छन् भने इटाली, डेनमार्क, स्पेन, कुवेत, चीनलगायतका विभिन्न देशले त लक डाउन नै गरेका छन्।

यससँगै नेपालले पनि आफ्ना नागरिकहरुलाई विशेष काम बाहेक विदेश यात्रा नगर्न आग्रह गरेको छ। यसको असर देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको छ। आइतबार समाचार संकलनका लागि त्यहाँ पुग्दा विमानस्थल सुनसान थियो। सधैँ व्यस्त रहने एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आज उडान पनि निकै कम देखिन्थे।

धेरै देशहरुले ‘लक डाउन’ गरेपछि विमानस्थलको प्रस्थान कक्षमा फाट्ट फुट्ट मात्रै मान्छे देखिन्थे। प्रस्थान कक्षमा केही मान्छे देखिए पनि हामी जाँदा आगमन कक्ष भने सुनसान नै देखिन्थ्यो। विदेशबाट आउने मान्छेको सँख्या घट्न थालेपछि ट्रलीहरु एयरपोर्ट अगाडिको करिडोरमा लगेर राखिएको छ। पर्यटकहरुको संख्या घट्न थालेपछि पर्यटक संघको सूचना शाखा बन्द गरिएको छ।

ग्यास नपाए ११३७ वा ९८५११४४१८९ मा फोन गर्नू – जानकारीको लागी सक्दो सेयर गरौँ

पहिले एयरपोर्टमा आफ्ना आफन्त तथा साथी भाइ छोड्न र लिन आउनेको घुँइचो देखिन्थ्यो। जुन अहिले शून्य छ। पर्यटक आउन बन्द भएपछि यात्रु पर्खेका ट्याक्सीहरु पनि सीमित मात्रै छन्। अहिले नेपालले विदेशबाट आउने हरेक नागरिकलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ।

नेपालमा अहिलेसम्म एक जना चीनबाट आएका नेपालीलाई कोरोनाको संक्रमण देखिएको थियो। तर उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय