जनकपुरधाम । तराईमा बाक्लो हुस्सु, जनकपुर विमानस्थल ठप्प, जनजीवन प्रभावित

जनकपुरधाम । केहिदिन देखि यता तराईमा बाक्लो हुस्सुका कारण जनकपुर विमानस्थल शुक्रबार विहानदेखि ठप्प भएको छ । यहाँबाट काठमाडौं दैनिक ५ फ्लाइट हुन्छ । तर आज एउटै फ्लाइट हुन सकेका छैन ।

विमानस्थल प्रमुख किरण गौतमले बाक्लो हुस्सु लागेकाले आज तीन वटा फ्लाइट रद्द भइसकेको जानकारी दिए ।

उनले भने, ‘दुई वटा फ्लाइट पर्ख र हेरको अवस्थामा छ । तर भिजिवलिटी कम रहेकाले यो दुई फ्लाइट पनि रद्द नै हुन्छ ।’ भिजिबलिटी १७ सय मिटर चाहिएकोमा मात्र ७ सय मिटर रहेको उनको भनाई छ ।

आज विहानैदेखि अत्यधिक कुहिरो लागेको र चिसो हावा चलेका कारण प्रदेश २ मा जनजीवन प्रभावित बनेको छ । बजारमा चहलपहल ह्वात्तै घटेको देखिन्छ ।

महाशाखाका अनुसार हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । देशका अधिकांश भू(भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जनकपुरधाम विमानस्थल भएर दैनिक औसतमा सात सय यात्रु आवतजावत गर्छन्। उडान प्रभावित भएपछि कयौं यात्रु विमानस्थलमै अलपत्र थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय