जनकपुर: ट्रयाक्टरको ठक्करबाट ३ बर्षिय एक बालकको मृत्यु - Hamro Janakpur

जनकपुरधाम । धनुषामा ट्रयाक्टरले  ठक्कर दिएपछि एक बालकको मृत्यु भएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ८ कुसुमबिछौनामा ट्रयाक्टरको ठक्करबाट सोही वडा बस्ने शिवशंकर पुर्वेको अन्दाजी ३ बर्षिय छोरा गौतम पुर्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो अन्दाजी २ बजे प्रदेश १०२००१ त ९०२ नम्बरको ट्रक्याटर जमुनिवासबाट बटेश्वरतर्फ जाने क्रममा सडक छेउमै खेलिरहेका बालक ट्रयाक्टर अगाडि आइपुगेपछि ठोक्किन पुगेको बताइएको छ ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको महोत्तरीको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले बताए ।

ट्रयाक्टर र त्यसका चालकलाई मिनपा ८ कुसुमबिछौना बस्ने बर्ष २७ को दिपक कुमार महतोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।