आश्विन २६ गते ।

सर्लाहीको बरहथवामा नगर स्तरीय टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुन लागेको छ।

 

बरहथवा नगरपालिका वार्ड नं -१ स्थित रहेको नयाँ बजार युवा क्लबको आयोजनामा कार्तिक २ गते देखि खेल सुरु हुन लागेको कुरा आयोजकले जनाएको छ। हिन्दूहरुको महान चाड विजया दशमी ,शुभ दिपावली तथा छठ पर्वको अवसरमा हुने नगर स्तरीय टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा नगर भित्रका क्रिकेट टिमहरुलाई सहभागी हुन कार्तिक १ गते सम्मको समय दिइएको छ।

खेल २० ओभरको खेलाउने र खेलमा LBW बाहेक ICC को सम्पुर्ण नियम लागु हुने भएको छ। प्रथम पुरस्कार नगद ३०१११ रहेको छ भने द्वितीय पुरुस्कार नगद २०१११ सहित ट्रफिहरुको व्यवस्था रहेको कुरा आयोजक टिमका खेलाडी बिबेकले बताए।

 

खेल बरहथवा नगरपालिका वार्ड नं -२ स्थित रहेको (प्रति) खेलमैदान मा खेलाइने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय