दिवेश कुमार महतो, जनकपुरधाम।

ध‌नुषाको मिथिला नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। जनता मावि नक्टाझिजको आयोजना र मिथिला नगरपालिका को आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिताम मिथिला नगरपालिका -२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबारदेखि नै सुरु भएको हो।

 

प्रतियोगितामा भलिबल,कबड्डी र एथ्लेटिक्स तर्फ दौड १०० मिटर,२०० मिटर ,४०० मिटर ,८०० मिटर ,१५०० मिटर ,३००० मिटर ,४१०० मिटर र ४४०० मिटर रिले ,उफ्रने र फ्याक्ने तर्फ हाइजम्प ,लङजम्प,त्रिपलजम्प,ज्याभलिङ थ्रो ८०० र ६०० ग्राम ,सटफुट ८ र १२ पाउण्डलगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका ६ सामुदायिक र ४ निजि विद्यालयका करिब ५ सय विद्यार्थीले प्रतिस्पर्धा गर्दैछन्।

 

शुक्रबार देखि सुरु भएको प्रतियोगितामा हाल सम्म जनता मावि नक्टाझिजले ६ स्वर्ण पदक,३ रजत र ३ कास्य पदक सहित जम्मा १२ पदकले अग्रता लिएको छ।

 

दोस्रो मा महेन्द्र मावि ढल्केबरले ३ स्वर्ण पदक,२ रजत र ५ कास्यसहित जम्मा १० पदक हासिल गरेको छ। तेस्रोमा सार्वजानिक नमुना मावि बेंगाडावरले १ स्वर्ण पदक,६ रजत र १ कास्य पदकसहित जम्मा ८ पदक हासिल गरेको छ।

 

त्यस्तै विनायकले १ स्वर्ण पदक,३ रजत र २ कास्य पदकसहित जम्मा ६ पदक ,आदर्श मावि लालगढले २ स्वर्ण पदक, २ रजत र १ कास्य पदक सहित जम्मा ५ पदक, लालगढ नमुना विदया सदन लालगढले ३ स्वर्ण पदक,१ रजत सहित जम्मा ४ पदक,

सनफलावर इङ्गलिस बोडिङ स्कुल बेंगाडावरले २ स्वर्ण ,१ कास्यसहित जम्मा ३ पदक ,मावि तुलसि चौडाले १ रजत र १ कास्यसहित जम्मा २ पदक र जनता मावि हरिहरपुरले मात्र ३ कास्य पदक र चिल्ड्रेन इङ्गलिस बोर्डिङ्ग स्कूल ढल्केवरले १ कास्य पदक प्राप्त गर्न सफल भएको छ। प्रतियोगितामा बाँकी चरणको खेलहरु आइतबार हुने आयोजक संस्थाले जनाएको छ। त्यस्तै छात्र तर्फको कब्बडीमा जनता मावि नक्टाझिज र सनफलावर इङ्गलिस बोर्डिङ्ग स्कूल बेंगाडावर फाइनलमा प्रवेश गरेको छ भने छात्रा तर्फ जनता मावि नक्टाझिज र सार्वजनिक नमुना मावि बेंगाडावर फाइनलमा प्रवेश गरेको छ।

 

जनता मावि नक्टाझिज विधालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण महतोको अध्यक्षता तथा मिथिला नगरपालिका का नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको थियो ।कार्यक्रमका विशिष्ट अतिथि पुर्व मधेस प्रदेश सभा सदस्य एवम् पुर्व मन्त्री शत्रुधन महतो र पालिका भित्रका वाडा अध्यक्षहरु रहेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय