श्रीमान हत्या प्रकरण : श्रीमतीसहित चार जनालाई प्रहरीले पक्राउ - Hamro Janakpur

जनकपुरधाम । धनुषामा आफनै श्रीमतीले देवरसँग मिलेर श्रीमान्को हत्या गरेर फरार भएका आज ४ जना पक्राउ परेका छन् ।

घरायसी विवादका कारण श्रीमती र।दुई दाजुभाई मिलेर धनुषा जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही बस्ने बद्री मण्डलका २५ वर्षीय छोरा शम्भु मण्डलको हत्या भएको थियो । हत्या आरोपमा उनकै पत्नी २३ बर्षीया सुशीला देवी, भाइ अनिल मण्डल र अरु दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।                         याे समाचार पनि पढनु हाेला ।

शम्भु केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट फर्केका थिए । उनको हत्याको घटनापछि फरार रहेका पत्नी सुशीला र भाइ अनिललाई उदयपुर सदरमुकाम गाईघाटबाट नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताए । उनीहरु एक मन्दिरमा बसेको अवस्थामा पक्राउ परेका थिए ।

पक्राउ परेका अरु दुई जनाले भने देवर भाउजुलाई भगाउन सहयोग गरेको मिश्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।