
दिवेश कुमार महतो,चैत २९ गते।ढल्केबर,धनुषा।
धनुषाको मिथिला नगरपालिकामा जारी वडास्तरीय फुटबल प्रतियोगीता अन्तर्गत मंगलबार भएको सेमिफाइनलमा खेलमा मिथिला नगरपालिका वार्ड-९ र मिथिला नगरपालिका वार्ड नं-७ बिच भएको खेलमा ७-० गोलको अन्तरले वार्ड-७ लाई हराउँदै वार्ड नं-९ बेंगाडाबर फुटबल टिमले सानदार जित निकालेको छ।
त्यस्तै सोमबार भएको सेमिफाइनलमा खेलमा आयोजक प्रतिभा युवा क्लब मिथिला नगरपालिका-६ र मिथिला नगरपालिका-१० लालगढ बिच भएको खेलमा १-० को अन्तरले लालगढलाई हराउँदै आयोजक ढल्केबर टिम फाइनलमा प्रवेश गरेको थियो।
यसरी भोलि बुधबार हुने फाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब मिथिला नगरपालिका-६ र मिथिला नगरपालिका-९ बेंगाडाबर बिच कडा प्रतिस्पर्धा हुने भएको छ।

आयोजक प्रतिभा युवा क्लब मिथिला नगरपालिका वार्ड नं -६ ढल्केबर को फुटबल टिम। फोटो:-तेजिस थापा

मिथिला नगरपालिका वार्ड नं-७ बेंगाडाबर फुटबल टिम। फोटो:- तेजिस थापा
प्रत्यक्षदर्शीका अनुसार भोलि बुधबार हुन लागेको फाइनल खेलमा वार्ड नं-६ ढल्केबर र वार्ड-९ बेगाडाबर टिमबीच निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल हुने छ भन्ने कुरा जिकिर गरे ।
ढल्केवरस्थित रहेको प्रतिभा युवा क्लबको आयोजना तथा मिथिला नगरपालिकाको आर्थिक सहयोगमा ढल्केवरमा पहिलो पटक वडास्तरीय फुटबल प्रतियोगीता भइरहेको छ।
चैत २० गतेबाट सुरु भएको प्रतियोगीता ३० गतेसम्म चल्ने आयोजक क्लबका सदस्य देवराज घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त फुटबल प्रतियोगीता मिथिला नगरपालिका का ११ वटै वाडा र भु.पु. फुटबल टिम गरी जम्मा १२ वटा फुटबल टिमको सहभागिता रहेको थियो। सो खेल मिथिला नगरपालिका–७ को वडाकार्यालय पछाडी रहेको फुटबल ग्राउण्डमा भइरहेको छ।